दुई संसदीय समितिको बैठक बस्दै, नागरिकता विधेयक र सडकहरूको अवस्थाबारे छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
2k
Shares
काठमाडौँ। संघीय संसद मातहतका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ। आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।
पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अवरुद्ध भएका कोदारी राजमार्ग र रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल हुनेछ। चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र पूर्वाधारको अवस्थाबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची छ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।