arrow

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, मितेरी पुलपारि छ सय कन्टेनर रोकिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
kodari-highway.jpg

चौतारा। पहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध हुँदा नेपाल-चीन सीमाको मितेरी पुलपारि करिब छ सय कन्टेनर रोकिएका छन्। सागसब्जी र फलफूल बोकेका ती कन्टेनर १२ दिनदेखि रोकिएका हुन्।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले राससलाई दिएको जानकारीअनुसार, भोटेकोशी गाउँपालिका–२, इकुमा लेदोसहितको पहिरो खसेका कारण सवारी साधन मात्रै नभई पैदल यात्रा गर्न पनि कठिन भएको छ। करिब २ किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ।

अहिले कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो पार गराउन थालिएको छ। अध्यक्ष सापकोटाले पहिरो पन्छाउन सरकारी स्तरबाट पहल नभएकोमा गुनासो व्यक्त गरेका छन्।

यसै सन्दर्भमा, चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले लेदो बग्न रोकिएलगत्तै भारी उपकरण प्रयोग गरेर बाटो खुलाउने प्रतिबद्धता जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ