arrow

पाँच संसदीय समितिको बैठक बस्दै

नागरिक उड्डयन, नागरिकता विधेयकहरूमाथि संसदीय समितिमा छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। जसमा महत्त्वपूर्ण विधेयक र विषयहरूमाथि छलफल हुनेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि बृहत् छलफल हुने कार्यक्रम छ।

त्यसैगरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञहरूसँग छलफल गर्नेछ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५’ सम्मेलनको हालसम्मको तयारीका विषयमा छलफल हुनेछ।

सार्वजनिक लेखा समितिले ‘ट्रकको भारवहन क्षमता’ सम्बन्धी प्राप्त उजुरीहरूमाथि छलफल गर्नेछ भने विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची तय भएको छ।

संसदीय समितिमा हुने छलफलले यी विधेयकहरूलाई कानुनको रूप दिन महत्त्वपूर्ण भूमिका खेल्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ