प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन [लाइभ]
रास्वपा र राप्रपाका सांसदहरूको विरोध कायमै, भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
761
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दैछन् । ओलीले आफ्नो हालैको विदेश भ्रमण, सरकारका पछिल्ला उपलब्धिहरू र देशका समसामयिक विषयहरूमा केन्द्रित रहेर सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई गत साउन २३ गते स्वदेश फर्किएका थिए ।
बैठकको शुरूआतमै रास्वपा र राप्रपाका सांसदहरू विरोधस्वरूप उभिएका छन् । उनीहरू गत जेठदेखि भिजिट भिसा प्रकरणको छानबिनको लागि भन्दै विरोध गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन गर्न मागसमेत गरिएको छ ।