arrow

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
coridor-kaligandaki.jpg

बागलुङ। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि बन्द भएको छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गङ्गाराम विकका अनुसार, पहिरो निरन्तर खसिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ।

यसकारण बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम र उत्तर मुस्ताङसम्म जाने सबै सवारी साधनहरू बाटैमा रोकिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ