arrow

प्रतिनिधि सभा

व्यक्तिगत अपमान र गालीगलौज नगर्न रास्वपालाई एमालेको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
batraula-mahesh.jpg

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान तथा गालीगलौज गर्ने काम रोक्न चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूले आमाबाबुको नाम लिएर गालीगलौज गरेको भन्दै यस्तो व्यवहार भविष्यमा उनीहरूका लागि नै भारी पर्न सक्ने चेतावनी दिए।

बर्तौलाले रास्वपाका नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टी सभापतिमाथि 'राजनीतिक प्रतिशोध' को आरोप लगाएर हस्ताक्षर अभियान र चन्दा संकलन गरेकोमा पनि कटाक्ष गरे। उनले आरोप लागेका व्यक्तिले बिगो भरेर अपराध स्वीकार गरिसकेको अवस्थामा हस्ताक्षर अभियानको कुनै औचित्य नरहेको बताए।

उनले भने, "बिगो स्वीकार गर्ने कुरा आफैंमा अपराधको स्वीकारोक्ति होइन? तपाईंको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि यो राजनीतिक प्रतिशोध हो भनेर लगाइएको आरोप नाटक हो भनेर प्रमाणित भएन र?"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ