कांग्रेसद्वारा भ्रातृ संस्था अधिवेशन निर्देशिका पारित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
490
Shares
काठमाडौँ। नेपाली कांग्रेसले आफ्ना भ्रातृ संस्थाहरूको लामो समयदेखि हुन नसकेको अधिवेशन सम्पन्न गर्नका लागि एउटा निर्देशिका पारित गरेको छ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले यो निर्देशिका पारित गरेको हो। पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार, यो निर्देशिकाले अधिवेशन गराउन निर्देशन समितिलाई आवश्यक काम, कर्तव्य र अधिकार स्पष्ट पारेको छ। निर्देशिकालाई अन्तिम रूप दिनुअघि भ्रातृ संस्थाहरूका अध्यक्ष र समितिहरूसँग छलफल गरेर उनीहरूको सुझाव पनि लिइएको थियो।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू उपस्थित थिए।