arrow

करिब साढे छ किलो सुनसहित पोखराबाट एघार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
nepal-police12.jpg

पोखरा। पोखरामा प्रहरीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको महाराष्ट्र र पश्चिम बङ्गाल घर भई पोखरामा बस्ने उनीहरूलाई शनिबार सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाका अनुसार, पक्राउ परेकाहरूबाट नगद ५ लाख १४ हजार रुपैयाँ र ४४४ तोला चाँदी पनि बरामद भएको छ। बरामद गरिएको सुनको बजार मूल्य ११ करोड १ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिकाका विभिन्न वडामा अवैध सुन-चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले यो कारबाही गरेको हो। पक्राउ पर्नेहरूमा राजेन्द्र रामचन्द्र जगताप, सुनिता पवार, मनिकलाल आदक, असित वर, तापस सामन्त, उज्ज्वल भोमिक, सन्दिप ढाव, सोमनाथ पाल, दीपक सामन्त, गोविन्दा दिण्डा र प्रोभास माझी रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ