arrow

कार्यान्वयन तथा मूल्याङ्कन समिति

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति बुझाउन संसदीय समितिको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
gairey-samiti.jpg

काठमाडौँ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति विवरण उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकले यो निर्देशन दिएको हो।

गत साउन १२ गते समितिले मैदानको अवलोकन गरिसकेको थियो। त्यसपछि भएको कामको प्रगति विवरण समितिलाई उपलब्ध गराउन समिति सभापति ठाकुरप्रसाद गैरेले निर्देशन दिएका छन्। समितिको तर्फबाट यसका लागि पत्राचार गरिने निर्णय पनि भएको छ।

अहिले मैदानमा स्तरोन्नति, प्यारापिट र फ्लडलाइट जडानको काम भइरहेको छ। निर्धारित समयमा काम सम्पन्न गर्न नसकेकाले निर्माण कम्पनीहरूलाई हर्जना (जरिवाना) तिराइएको छ। मैदानको प्यारापिट निर्माणका लागि बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभी ले गत फागुनमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ