arrow

सडक दुर्घटनामा प्रधानको मृत्यु

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
accident-final.jpeg
काठमाडौँ । सोह्रखुट्टेमा बुधबार बिहान भएको सडक दुर्घटनामा २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार करिब बिहान २ बजेतिर बा ३ ख ४५७९ नंको टिपर पल्टेर बा १ ज ७८८३ नंको ट्याक्सीलाई च्यापेपछि ट्याक्सी चालक प्रधान गम्भीर घाइते भएका थिए । 
 
काभ्रे स्थायी घर भएका प्रधानलाई घाइते अवस्थामा प्रहरीले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेको र उपचारका क्रममा बिहान सवा ३ बजे मृत्यु भएको महाशाखाले जनाएको छ । 
 
दुर्घटनामा संलग्न टिपर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको र टिपर नियन्त्रणमा लिएर बग्गिखानामा राखिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ