arrow

कांग्रेस–एमाले बाहेकका माओवादीसहितका नौ दलले स्वमूल्यांकन कार्यविधिको विरोध गर्ने [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
rajendra-pandey-82-4-21.jpg

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलहरुले निर्वाचन आयोगले ल्याएको स्वमूल्यांकन कार्यविधि, २०८२ को लिखित रुपमा संयुक्त विरोध जनाउने निर्णय गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरुले यस्तो निर्णय गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन आयोगले पठाएको स्वमूल्यांकन कार्यविधिको बिहीबार अन्तिम मिति रहेको र त्यसका लागि नौ राजनीतिक दलहरुले लिखित असहमति जनाउने निर्णय भएको बताए । 

यो संविधान, राजनीतिक दल सम्बन्धी ऐनको विपरित रहेको उनको भनाइ छ।  

उनले भने, ‘यहाँ आज ९ वटा राजनीतिक दलहरु उपस्थित भएर निर्वाचन आयोगले स्वमूल्यांकन कार्यविधि,२०८२ भनेर पठाएको छ । भोलि अन्तिम मिति छ । यो संविधान, राजनीतिक दल सम्बन्धी ऐनको विपरित र उसँग ऐन बनाउने अधिकार छैन, निर्वाचन आयोगसँग । यो ऐनकै ढाँचामा हामीलाई नियन्त्रण गर्नेगरी अझ दुई पार्टीमात्रै बाँचे हुन्छ अरु सबै पार्टी समाप्त गर्ने भन्ने अभिप्रायले आएको छ । यसको हामी सबैले संयुक्त रुपमा लिखित रुमपा विरोध गरेका छौँ ।’

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै बुधबार कांग्रेस–एमाले बाहेकका दलहरू छलफलमा जुटेका हुन् । 

बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरू सहभागी भए । 

maobadi-9dal (6).jpg
maobadi-9dal (7).jpg
maobadi-9dal (8).jpg
maobadi-9dal (9).jpg
maobadi-9dal (1).jpg
maobadi-9dal (2).jpg
maobadi-9dal (3).jpg
maobadi-9dal (4).jpg
maobadi-9dal (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ