रास्वपा अतार्किक अडान र अराजक शैलीबाट मुक्त हुनुपर्छ : विश्वप्रकाश शर्मा [भिडियो]
‘मानव तस्करीको जिम्मेवारी कसको?’
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
949
Shares
काठमाडौँ । नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई 'अतार्किक अडान, आवेग र अराजक शैली' बाट मुक्त हुन सुझाव दिएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाले भिजिट भिसा प्रकरणलाई आवेगमा आएर नहेर्न आग्रह गरे।
महामन्त्री शर्माले रास्वपाका नेताहरूमाथि प्रश्न उठाउँदै भने कि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा सबैभन्दा बढी मानिसहरू भिजिट भिसामा विदेश गएका थिए। उनले रास्वपालाई सोधे, "तपाईंहरूले संसद बहिष्कार गर्दै गर्दा रविजीकै पालामा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईंहरूको निष्कर्ष हो?"
शर्माले भिजिट भिसाको विषयमा छानबिन भइरहेको भए पनि रास्वपाकै अडानका कारण उपसभामुख इन्दिरा राना मगरको फाइल पेन्डिङमा गएको आरोप लगाए। उनले गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउने नेताहरूले उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन भन्दै रास्वपामाथि व्यंग्य गरे।
उनले रास्वपालाई नयाँ दल भएकाले अनुभवले खारिन बाँकी रहेको भन्दै तीनवटा 'अ' बाट मुक्त हुन आग्रह गरेका हुन्: अतार्किक अडान, आवेग र अराजक शैली।