arrow

प्रधानमन्त्रीमाथि गम्भीर आरोप

वर्तमान शासन व्यवस्थामाथि प्रधानमन्त्री ओलीबाटै खतरा रहेको देव गुरुङको दाबी

०८४ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
dev-gurung-82-4-17.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाटै खतरा रहेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको आरोप नेता गुरुङले लगाए । पार्टी फुटाउने, राज्यका अंगहरु छिन्नभिन्न बनाउने काममा ओली लागेको पनि उनको जिकिर छ । 

उनले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय रहेको बताए । न्युज एजेन्सी नेपालसँग काठमाडौँमा कुराकानी गर्दै महासचिव देव गुरुङले यो सदन ०८४ सम्मै चालु हुनसक्नेमा पनि शंका व्यक्त गरे । 

प्रधानमन्त्री ओली एवं नेकपा एमाले अध्यक्ष शान्ति सम्झौताको विपक्षमा रहेका व्यक्ति भएकोले उनको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाए । 

लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल आगाडि गए मात्र अहिलेको व्यवस्था बच्ने बताए । 

अहिलेको लडाइँ व्यवस्था जोगाउनका लागि हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनै पनि बेला शक्तिकेन्द्रको उक्सावटमा आएर व्यवस्थामाथि प्रहार गर्न सक्ने आरोप लगाए । 

कम्युनिष्टका प्रमुख घटकका अध्यक्षमाथि यति गम्भीर आरोप लगाएका गुरुङले ०८४ सम्म वृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि बताए । कम्युनिष्टहरू नै मुलुकमा पहिलो ठूलो पार्टी बन्ने दाबी गरे । 

उनले व्यवस्थापिक संसद समय समयमा बलीको बोको भइरहेको बताए । प्रणालीमाथि अहिले पनि ठूलो जोखिम रहेको उनले बताए । 

पछिल्लो समय राजावादीहरू सल्बलाइरहेको बेलामा गुरुङले प्रधानमन्त्री ओलीमाथि यो गम्भीर आरोप लगाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ