कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका २ पुर्व रहटकोलबाट चार थान भरुवा बन्दुक फेला परेको छ । बन्दुकका साथै सात वटा गोली समेत फेला परेको छ । शिवपुर इलाका बन कार्यालयको वन रक्षकको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । सोमबार दिउसो १२ बजे सहायक बन अधिकृत रघुनाथ दासको नेतृत्व गएको बन रक्षकको टोलीले भरुवा बन्दुकसो स्थानमा बरामद गरिएको हो ।
चन्द्रौटा सेक्टर बन कार्यालयमा पत्रकार सम्मेलन गर्दै बरामद बन्दुक सर्वाजनिक गरिएको हो । रहटकोल गाउका स्थानीय बासिन्दाहरुले वनमा शिकार गर्न भरुवा बन्दुक प्रयोग गरेको हुन सक्ने गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्ययले बताए ।वन तस्कारहरुले गस्ती टोलीलाई देखेर बन्दुक मैनार खोला नजिकै झाडीमा लुकाएर भागेको बन कार्यालयले जनाएको छ ।
त्यस्तै गत जेठ १९ गते बन तस्कारीले चलाएको गोली लागेर कपिलवस्तु साझेदारी वनका एक हेरालु गम्भीर घाइते भएका थिए । घाइते हुनेमा भृकुटी नगरपालिका ४, चम्पापुर बस्ने वनहेरालु २५ वर्षीय जगन्नाथ थारु रहेका थिए ।