arrow

आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतका विभिन्न चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक निर्धारित समयअनुसार बस्नेछ।

संसदीय समितिका बैठक र कार्यसूची

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति: दिउँसो १२ः३० बजे बस्ने यस बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि सङ्घ र प्रदेशका मन्त्रालयहरू, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूसँग छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: दिउँसो २ः३० बजे बस्ने यस बैठकको मुख्य कार्यसूची ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्नु हो।

विधायन व्यवस्थापन समिति: दिउँसो १ः०० बजे बस्ने यस बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति: बिहान ११ः०० बजे बस्ने यस बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, समस्या र समाधानका उपाय’ हरूबारे छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ