नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जान्छ : रक्षामन्त्री खाँण
प्रकाशित २०७३ माघ ११ मंगलबार
869
Shares
चितवन। रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट पारे ।
केही समय देखि शान्ति सेनामा जाने मामिलामा भारतले आफुलाई पनि जोड्न प्रस्ताव गरेको भन्दै चर्चा भएको थियो । फरक प्रसङ्गमा मन्त्री खाँणले भने, ‘पाँच नम्बर प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुन्छ ।’ यसमा धेरै शंका गरिरहनु पर्ने आवश्यकता नरहेको मन्त्री खाँणको भनाइ छ ।