arrow

संघीय संसदका पाँच संसदीय समितिका बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। आज संघीय संसदअन्तर्गतका विभिन्न पाँच संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। यी बैठकहरूमा महत्त्वपूर्ण विधेयकहरू र राष्ट्रिय सरोकारका विषयमा छलफल हुनेछ।

प्रतिनिधिसभाका बैठकहरू

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। यस बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची रहेको छ। छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ। यस बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ।

राष्ट्रियसभाका बैठकहरू

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० बजे बस्दैछ। यस बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजे बस्नेछ। यस बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे बस्दैछ। यस बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुनेछ। उक्त बैठकमा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ