arrow

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्‍यो

पहिलो ५,००० प्रयोगकर्ताका लागि आकर्षक अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
hamro-patro-remit-australia.jpg

काठमाडौँ। नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने अस्ट्र्याक अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ। यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्न पुगेको छ। हाम्रो पात्रो रेमिट मार्फत अब अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैङ्क खातामा तत्काल पुर्‍याउन सकिन्छ। यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने भएको छ।

अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै, हाम्रो पात्रोले रेमिट्यान्स सेवा विस्तार गर्दै प्रवासी नेपालीहरूलाई वित्तीय रूपमा आफ्ना परिवारसँग अझ सहज तरिकाले जोड्ने महत्त्वपूर्ण कदम चालेको हो।

अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको यो शुभ अवसरमा, हाम्रो पात्रोले सीमित अवधिको लागि विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत, अस्ट्रेलियाबाट रेमिट्यान्स पठाउने सुरुवाती ५,००० प्रयोगकर्ताहरूले अस्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अस्ट्रेलियन डलर बराबर रु १०० को विशेष विनिमय दर प्राप्त गर्न सक्नेछन्।

यो दर हालसम्मको अस्ट्रेलिया - नेपाल रेमिट्यान्सको सन्दर्भमा एकदमै लाभदायक दर मानिन्छ, जसले नेपाली प्रवासीहरूलाई थोरै शुल्कमा धेरै मूल्यको सेवा दिन सहयोग पुर्‍याउँछ।

हाम्रो पात्रोको फिनटेक निर्देशक सुदिना गौतमको अनुसार “हाम्रो पात्रोको मुख्य उद्देश्य सधैँ विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार, साथीभाइ र समुदायसँग जोड्ने माध्यम बन्नु हो,अस्ट्रेलियाबाट प्राप्त रेमिट्यान्स लाइसेन्ससँगै अब हामी त्यहाँ बस्ने नेपाली समुदायलाई अझ विश्वासिलो, छिटो र पारदर्शी सेवा दिन सक्षम भएका छौँ।

यो सेवा विशेष गरी लुकेका शुल्क बिना, उच्च विनिमय दरमा, सुरक्षित माध्यमबाट रकम नेपालमा पठाउने सुनिश्चितता दिन्छ।”

हाम्रो पात्रो रेमिटबाट एक पटक केवाईसी भेरिभाईड भएर आफ्नो बैङ्कको विवरणहरू भरेपछि केही क्लिक मै पैसा पठाउन सकिन्छ। यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले हाम्रो पात्रो एप या remit.hamropatro.com/aus मा पनि जान सक्नुहुनेछ । अस्ट्रेलियामा रेमिट सेवाको विस्तारसँगै, हाम्रो पात्रोले विश्वभर रहेका नेपालीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता फेरि पुष्टि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ