लोडसेडिङ छैन, प्राविधिक समस्या मात्रै हो : ऊर्जामन्त्री खड्का
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
667
Shares
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल नेपालमा 'लोडसेडिङ' को अवस्था नरहेको स्पष्ट पारेका छन्।
आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले अहिले विद्युत् निर्यात समेत भइरहेको हुँदा लोडसेडिङ नभएको बताए।
मन्त्री खड्काका अनुसार, "गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ।" उनले थपे, "वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्। मर्मत गर्न केही समय लाग्छ। यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ।"