arrow

आज पाँच संसदीय समितिका बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । संघीय संसदअन्तर्गतका विभिन्न पाँचवटा संसदीय समितिका बैठकहरू आज बस्दैछन्। आजका लागि तय भएका बैठकहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन्।

समितिगत कार्यसूची

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: यस समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराएका सांसदहरूसँग छलफल गरिने कार्यसूची छ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति: यस समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: यो समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरिनेछ।

सार्वजनिक लेखा समिति: यस समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।

विधायन व्यवस्थापन समिति: यस समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति: यो समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गरिने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ