कांग्रेस नेता तथा पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
772
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ। सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्वअध्यक्ष भवानी थानीकी माता देवी थानीको गएराति काठमाडौंको वीर अस्पतालमा निधन भएको हो।
विगत तीन वर्षदेखि श्वासप्रश्वास रोगबाट पीडित थानीको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो। स्वर्गीय देवी थानीका धर्मकुमारी र अम्बिका नामका दुई छोरी पनि छन्।
थानीको सुर्खेतस्थित रानीघाटमा मङ्गलबार अन्त्येष्टि गरिने उनका नाति इन्जिनियर उमेश थानीले जानकारी दिए।