संसदीय समितिले त्रिवि क्रिकेट मैदानको अनुगमन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
1.7k
Shares
काठमाडौं । संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको अवलोकन तथा अनुगमन गर्ने भएको छ। आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यसबारे जानकारी गराइयो।
समिति सभापति ठाकुरप्रसाद गैरेले सोमबार दिउँसो २ बजे निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गरिने बताए। अहिले मैदानको स्तरोन्नति, प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेको छ। समयमा काम नसकिएपछि निर्माण कम्पनीलाई हर्जाना लागिरहेको अवस्थामा पनि काम जारी रहेको बताइएको छ।
मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।