‘विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य’
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
2.7k
Shares
तस्बिर : फाइल
भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन्।
आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए।
एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्व राष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत् र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताए।
केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै प्रचार विभाग प्रमुख गौतमले बैठक स्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको बताए।
कार्यक्रमका सभापति एवं नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले पूर्व राष्ट्रपति भण्डारीको पुनारागमनले राजनीतिमा तरङ्ग ल्याएको बताए।