arrow

सामाजिक सञ्जाल विधेयक आपत्तिजनक, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँ : गगन थापा [भिडियो]

सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्त्वपूर्ण रहेको बताउँदै, विधेयकको ‘कन्सेप्ट’ नै आधारभूत रूपमा गलत’ रहेको जिकिर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
gagan-04-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो विधेयकलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताएका हुन्।

महामन्त्री थापाले सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्त्वपूर्ण रहेको बताउँदै, विधेयकको ‘कन्सेप्ट’ नै आधारभूत रूपमा गलत’ रहेको जिकिर गरे। उनले विधेयक नियन्त्रणमुखी सोचबाट आएको र सरकार सामाजिक सञ्जालसँग डराएको महसुस भएको बताए।

“अहिलेको जेनजी पुस्ताले इन्टरनेट नभएको समयको कल्पनै गर्न सक्दैनन्,” उनले भने, “सामाजिक सञ्जाल अवसर हो, यसको सही प्रयोग पनि हुन्छ र खराब प्रयोग पनि भएको छ।” उनले सामाजिक सञ्जाल अब जीवनको एउटा अभिन्न भाग बनिसकेको भन्दै यसबाट कोही पनि टाढिन नसक्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ