गुल्मी । नेपाल लोकतान्त्रिक निर्माण व्यसायी संघ गुल्मीको अध्यक्षमा राम बहादुर केसी चयन भएका छन् । विगत ४ वर्षदेखि निर्माण कार्यमा आवद्ध केसीले लामो समयदेखि विभिन्न संघ संस्थाहरुमा क्रियाशिल भएर काम गदै आएका छन् ।
निर्माण व्यवसायीमा सक्रिय केसीले यातायात मजदूर संघको केन्द्रिय सदस्य गल्मी यातायात व्यवसायी संघ, पूर्व सचिव, यातायात भलाइ कोषको सदस्यमा समेत काम गदै आएका छन् ।
निर्वाचित अध्यक्ष केसीले भने , आफ्नो काँधमा ठूलो चुनौती र अबसर दुवै थपिएकोले आफू प्रतिवद्ध भएर आफ्नो जिम्मेवारी वहन गरी सदैव संघको काममा थप क्रियाशिल हुनेछु ।