‘कुलिङ पिरियड’ संशोधनमा कांग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
671
Shares
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले निजामति विधेयकमा 'कुलिङ पिरियड' सम्बन्धी संशोधनको विषयलाई लिएर सांसदहरूलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको बताएका छन्।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नु राष्ट्रिय सभाका सदस्यहरूको विशेषाधिकार भएको बताए। उनले सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई यसबारे मिडियाबाजी गर्नुको सट्टा आफ्नै पार्टीका सभापतिसँग सल्लाह गर्न सुझाव दिए।
बर्तौलाले कानून निर्माण प्रक्रियामा पार्टीको ह्वीप नलाग्ने र सांसदको स्वतन्त्र अधिकार हुने भएकाले यसमा प्रश्न उठाउनु गलत भएको बताए। उनले भने, “निजामति विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरूको विशेषाधिकार हो। यसमा किन यस्तो संशोधन हालिस् भनेर धम्क्याउने, सरकारमा दरार आउँछ भन्ने कुरा एकदम गलत हो।”
प्रतिनिधि सभाबाट पास भई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पुगेको उक्त विधेयकमा रहेको 'कुलिङ अफ पिरियड' को व्यवस्था खारेज गर्न एमालेका सांसदहरूले संशोधन हालेका छन्।