arrow

एमालेको पत्रकार सम्मेलन

राष्ट्रपति र सभामुखको भूमिकामा फरक हुने, पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्न मिल्दैन : शंकर पोखरेल [भिडियो]

सभामुख आफैंमा राजनीतिक जिम्मेवारी हो, तर राष्ट्रपतिले पदमा निर्वाचित भएपछि सबै प्रकारका राजनीतिक भूमिकाबाट अलग हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
shankar-pok.jpg

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किन नमिल्ने पार्टीको निर्णयको बचाउ गरेका छन्। उनले राष्ट्रपति र सभामुखको भूमिकामा फरक हुने भन्दै पूर्वराष्ट्रपति राष्ट्रको साझा अभिभावक भइसकेकाले कुनै दलमा आवद्ध हुन नमिल्ने बताएका हुन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सभामुख आफैंमा राजनीतिक जिम्मेवारी हो, तर राष्ट्रपतिले पदमा निर्वाचित भएपछि सबै प्रकारका राजनीतिक भूमिकाबाट अलग हुनुपर्छ।” उनले संविधानअनुसार राष्ट्रपति निर्वाचित हुनका लागि सांसद भए राजीनामा दिनुपर्ने तर सभामुख पदमा रहन सांसद हुनैपर्ने व्यवस्था भएकाले यी दुई पदको तुलना गर्न नमिल्ने तर्क गरे।

महासचिव पोखरेलले एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय हुन नमिल्ने निर्णय गरेको पनि जानकारी दिए। राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेको निष्कर्ष रहेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ