arrow

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नहुने एमाले केन्द्रीय कमिटीमा धारणा: प्रमुख सचेतक बर्तौला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
bartaula-meshesh.jpg

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीको केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताहरूले राखेको बताएका छन्। मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार, बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेका थिए। यस क्रममा पूर्वराष्ट्रपतिको राजनीतिक भूमिकाबारे पनि कुरा उठेको बर्तौलाले उल्लेख गरे।

"अधिकांश बोल्नुहुने प्रतिनिधिहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल भएको छ। पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ," बर्तौलाले भने, "कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभयो। अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीका सदस्यहरूले पूर्वराष्ट्रपतिको हैसियतमै बस्न उपयुक्त हुन्छ। पार्टी राजनीतिमा आउने कुरा प्रणालीको लागि, व्यवस्थाको लागि राम्रो हुँदैन भन्ने कुरा राख्नुभएको छ। यसका बारेमा पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव राख्नुभएको छ।"

प्रमुख सचेतक बर्तौलाले मंगलबार नै बैठक समापन गर्ने तयारी भइरहेको पनि जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ