arrow

आज पाँच संसदीय समितिका बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। सङ्घीय संसद्का विभिन्न पाँचवटा समितिका बैठक आज बस्दैछन्। यी बैठकहरूमा राष्ट्रिय महत्त्वका विविध विषयमा छलफल हुनेछ।

कानुन, न्याय तथा मानवअधिकार समिति

आज कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको छ। समितिका सचिव रामहरि थापाले यो जानकारी दिए।

महिला तथा सामाजिक मामिला समिति

महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) माथि’ छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समिति

विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल’ गर्ने कार्यक्रम छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ