arrow

सिमकोटमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ साउन ३ शनिबार
accident-final.jpg

हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका–१ स्थित बैजिवाडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

चुवाखोलाको लेखमा बनलसुन संकलन गर्न गएका मजदुरहरू घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बरको ट्याक्टर सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी खार्पुनाथ गाउँपालिका–३ रायाका २० वर्षीय मिलन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घाइते हुनेहरूमा खार्पुनाथ–३ का लक्ष्मीकला रावल, नवराज रावल, सुसिला रावल, पानकला छत्याल, बाली रावल, हर्कसिंह रावल, ज्ञानेन्द्र छत्याल, नैनबहादुर छत्याल, नानी जेठारा, सिमकोट–८ स्याडाका पलसा बुढा, तुलराज बुढा, सपना रावल र सिमकोट–२ ठेहेका कुमेर भण्डारी रहेका छन्।

घटनास्थलमा प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलको नेतृत्वमा पुगेको टोली र स्थानीय बासिन्दाले उद्धार गरेका घाइतेहरूको उपचार सिमकोटस्थित जिल्ला अस्पतालमा भइरहेको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीका अनुसार दुई जनाको अवस्था गम्भीर रहेको छ।

ट्याक्टरमा जम्मा १५ जना सवार थिए। तीमध्ये २ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक भार र जोखिमपूर्ण सडक अवस्था दुर्घटनाको कारण हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ