आज तीन संसदीय समितिका बैठक: कानून, जलस्रोत विधेयक र राष्ट्रिय निकुञ्जका नीतिबारे छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
1.9k
Shares
काठमाडौँ। संघीय संसदका तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। यी बैठकहरूमा महत्त्वपूर्ण विधेयक र प्रतिवेदनमाथि छलफल हुनेछ।
दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ’नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को सम्बन्धमा दफावार छलफल हुनेछ।
त्यस्तै, दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ’जलस्रोत विधेयक, २०८१’ माथि सैद्धान्तिक छलफल गरिनेछ।
सवा १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने ’राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल हुने कार्यक्रम छ।