जनकपुरमा 'जिहादी आतंकवाद र मधेस-नेपालको सुरक्षा चुनौती' विषयक बहस
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
682
Shares
जनकपुरधाम । जनकपुरस्थित एक सभा कक्षमा "जिहादी आतंकवाद र मधेस–नेपालको सुरक्षा चुनौती" विषयक विशेष बहस कार्यक्रम भएको छ।
राष्ट्रिय एकता अभियानद्वारा आयोजित उक्त कार्यक्रममा आतंकवादविरुद्ध जनचेतना फैलाउने र नेपालमा बढ्दो सुरक्षा जोखिममाथि गहन विमर्श गर्ने उद्देश्य राखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रहेका छन् । उनले उद्घाटन मन्तव्य दिँदै भारत–नेपाल खुला सीमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित जिहादी आतंकी नेटवर्कहरूले मधेशलाई ट्रान्जिट एरिया बनाउने प्रयास गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि अभियानका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा सदस्य माननीय भूपेन्द्र चौधरी थिए। उनले नेपाल राज्य संयन्त्र र सुरक्षाअङ्गहरूलाई अझ सजग र सक्रिय रहनु पर्ने आवश्यकता औँल्याए ।
उक्त कार्यक्रममा अभियानका केन्द्रीय सदस्यहरू – जितेन्द्र दास, मनीष पुर्वे, दीपु झा, पंकज झा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले मधेसलाई अस्थिर बनाउने बाह्य षड्यन्त्रहरूको भण्डाफोर गर्दै राष्ट्रिय एकता र सुरक्षा सुदृढीकरणका लागि जनस्तरमा बहसको आवश्यकता औँल्याए ।
दुई दिने कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, सुरक्षा विश्लेषक तथा सामाजिक अगुवाहरूले आ–आफ्ना धारणा राखेको आयोजकले जानकारी दिएका छन् ।