arrow

जेहादी आतंकवादविरुद्ध राष्ट्रिय एकता अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
rea-82-5-14.jpg

बारा । बाराको परवानीपुर गाउँपालिका–५, रामपुरमा जेहादी आतंकवाद विरुद्धको जनजागरण अभियान अन्तर्गत राष्ट्रिय एकता अभियानले भेला सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मधेस प्रदेशमा बढ्दो जेहादी गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता औंल्याए । 

उनले विश्वशान्तिका लागि हिन्दू दर्शनको विश्वव्यापी प्रचार–प्रसार अपरिहार्य भएको बताउँदै, राष्ट्रिय एकता अभियानले यही अभियानलाई अघि बढाइरहेको उल्लेख गरे ।

त्यसैगरी समाजसेवी एवं हाड–जोर्नी विशेषज्ञ डा. अजय यादवले नेपालका राजनीतिक दलहरूले सनातन संस्कृति र मूल्यप्रति देखाएको उदासीनताका कारण देशमा जेहादी घुसपैठ बढ्दै गएको बताए। उनले हिन्दूत्वको संरक्षणमा नागरिक सचेतना आवश्यक रहेकोमा जोड दिए ।

भेलामा अभियानका अवधेश मण्डल, रामआशिष यादव तथा संरक्षक सेवक सौरभनाथ बाबा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अभियानी सन्दीप रायभरले सञ्चालन गरेका थिए ।

कार्यक्रमले स्थानीय तहमा अभियानको संगठन विस्तार गर्ने निर्णय गर्दै नयाँ समिति गठनसमेत गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ