राष्ट्रिय एकता अभियानद्वारा महामंडलेश्वर सरिता गिरीको उदबोधन कार्यक्रम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
544
Shares
काठमाडौँ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित विशेष कार्यक्रम अन्तर्गत श्री श्री १००८ महामंडलेश्वर श्री सरिता गिरीको उदबोधन कार्यक्रम सम्पन्न भएको छ।
सनातन संस्कृति संरक्षण र हिन्दुत्व जागरणका उद्देश्यका साथ भ्रमणमा रहेकी महामंडलेश्वर गिरीले कार्यक्रममा राष्ट्रिय एकता अभियानको संरक्षकको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
कार्यक्रम अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अभियानका उपाध्यक्ष भुपेन्द्र चौधरी, पूर्वमन्त्री बज्रकिशोर सिंह, नेता सत्यनारायण मण्डल, शंकराचार्य पीठ परिषद्का अध्यक्ष दयाराम पाण्डेसहित विभिन्न अतिथिहरुले आफ्नो मन्तव्य राख्दै महामंडलेश्वर गिरीलाई स्वागत गरेका थिए।
उक्त कार्यक्रमलाई उपस्थित वक्ताहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र हिन्दुत्व जागरणका लागि महत्त्वपूर्ण कदमको रुपमा व्याख्या गरेका थिए।