arrow

कांग्रेसका छ नेता निष्काशित, १२ निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
congress-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका १८ नेता कारबाहीमा परेका छन् । आफ्नै पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने मनसायले विभिन्न हत्कण्डा प्रयोग गरेको भन्दै उनीहरुलाई पार्टीले कारबाही गरेको हो । 

 केन्द्रीय अनुशासन समितिको गत असार ९ देखि १७ गतेसम्म बसेको बैठकले निर्णय सार्वजनिक गर्दै १८ नेतालाई कारबाही गरिएको जनाएको हो ।

कारबाही हुनेमा छ नेतालाई निष्काशित गरिएको छ भने १२ जना निलम्बनमा परेका हुन् । ०७९ को निर्वाचनमा कांग्रेसको केन्द्रीय निर्देशन लत्याउने नेताहरु कारबाहीमा परेका हुन् । जसमा तत्कालीन गठबन्धनलाई भोट नहालेका पनि छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ