आज दुई संसदीय समितिका बैठक बस्दै: मन्त्रीसँग छलफल र विधेयकमा बहस
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
1.7k
Shares
काठमाडौँ। सङ्घीय संसदका दुई महत्त्वपूर्ण संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ। यसअन्तर्गत बिहान र दिउँसो छुट्टाछुट्टै छलफल र बहसका कार्यक्रम तय भएका छन्।
आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। यो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल हुनेछ। साथै, सुनुवाइका लागि सिफारिस गरिएका व्यक्तिहरूको सम्बन्धमा पनि विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। यस बैठकमा ’राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि सैद्धान्तिक छलफल हुनेछ। यो विधेयकले देशमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी कानुनी आधार तयार गर्ने लक्ष्य राखेको छ।