arrow

राष्ट्रिय सभाको बैठक बस्दै, आर्थिक र ऋण विधेयकमाथि छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
upper-house-20.jpg

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। 

यस बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। 

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, छलफलपछि यी विधेयकहरू पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ