राप्रपाको माग: भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठन गरियोस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
866
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यो मुद्दा कुनै एक दल विशेषको नभई सबैको साझा एजेन्डा हुनुपर्नेमा जोड दिए।
सांसद शाहीले भिजिट भिसा प्रकरण आजको मात्रै विषय नभएको भन्दै यसको 'जरोदेखि टुप्पोसम्म' छानबिन हुनुपर्ने बताए। उनले अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भएको टिप्पणी गर्दै भने, "संसदमा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले चाँही के भन्छन्? आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ। ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ। आज हामीले उनीहरूको चित्कार सुन्नुपर्छ कि पर्दैन?"
उनले यो प्रकरणमा संलग्न मन्त्री, प्रधानमन्त्री जो भए पनि कारबाही गर्नुपर्ने माग गर्दै सबै दल एकजुट भएर भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति बनाउन आग्रह गरे।