arrow

संसदीय सुनुवाइ समिति

प्रस्तावित न्यायाधीश पोखरेललाई सांसद शर्माको प्रश्न: 'निष्पक्ष न्यायको आधार के ?'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
janardans.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय दिने आधारबारे प्रश्न गरेका छन्। आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै शर्माले पोखरेलले निष्पक्ष न्याय दिने आधार के हुन् भनी सोधेका हुन्।

केही समयअघिसम्म नेपाल बार एसोसिएसनको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने शर्माको तर्क थियो। उनले बार स्वतन्त्र हुनुपर्ने भए पनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर गरे।

सांसद शर्माले भने, "मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिस्पर्धा हुने गरेको संस्था हो। स्वतन्त्र बार देखिरहेको छैन। हुनुपर्ने त स्वतन्त्र थियो। त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ।" उनले पोखरेलले राजनीतिक पक्षधरताबाट 'टर्मिनेट' भएको बताए पनि साँच्चिकै निष्पक्ष हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उठेको बताए।

शर्माले कतिपय मुद्दाहरू सुनुवाइ नै नगरीदिने गरेको भन्दै मुद्दाको सुनुवाइ ढिलो गर्दा न्याय हुन्छ वा यो कर्तव्य हो भनी प्रश्न गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ