शुभांशुसहित चार यात्रु २८ घण्टापछि अन्तरिक्ष स्टेशन पुगे, बने पहिलो भारतीय
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
1k
Shares
काठमाडौँ । भारतीय वायु सेनाका समूह क्याप्टेन शुभांशु शुक्लासहित चार अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेका छन् ।
उनीहरू लगभग २८ घण्टाको यात्रापछि बिहीबार अपरान्ह ४ः१५ बजे पुगेका हुन् । अब केही समयपछि अन्तरिक्ष स्टेशनको ह्याच खुल्नेछ र यी सबै अन्तरिक्ष यात्रीहरू आईएसएसभित्र प्रवेश गर्नेछन् ।
शुभांशु आईएसएस जाने पहिलो र अन्तरिक्षमा जाने दोस्रो भारतीय हुन्। ४१ वर्षअघि राकेश शर्माले सन् १९८४ मा सोभियत संघको अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।
यसअघि मिसन टोलीले अन्तरिक्ष यानसँग प्रत्यक्ष कुराकानी गरेको थियो । यसमा शुभांशुले भने, ‘अन्तरिक्षबाट नमस्कार ! यहाँ म बच्चा जस्तै सिक्दै छु । अन्तरिक्षमा कसरी हिँड्ने र खाने।’
एक्सियम मिसन ४ अन्तर्गत सबै अन्तरिक्ष यात्रीहरू जुन २५ मा मध्यान्ह १२ बजे आईएसएका लागि प्रस्थान गरेका थिए ।
प्राविधिक त्रुटि र मौसम समस्याका कारण यो मिसन ६ पटक स्थगित गरिएको थियो।