arrow

बुधबारका लागि डाक्यो एमालेले सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
uml-sachibalaya-81-3-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १  बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले राससलाई जानकारी दिए । 

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ