arrow

कांग्रेस केन्द्रीय समिति बैठक एक दिन धकेलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
congress-party-office-05-16.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक दिन पर धकेलिएको छ । पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक एक दिन परेको जानकारी दिएका हुन् । 

आगामी असार १५ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक विशेष कारण जनाउँदै अर्को दिनलाई सारिएको उनले जनाएका छन् । 

बैठक असार १६ गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो । जारी सूचनामा भनिएको छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ