धितोपत्र बोर्डद्वारा स्वस्तिक लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
545
Shares
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले यही असार ५ गते २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।
माइक्रो फाइनान्स समूहमा पर्ने यस कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। धितोपत्र बोर्डले चालू आर्थिक वर्षमा हालसम्म कुल १२ वटा कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएको छ। यसमा ५ वटा जलविद्युत् समूहका, ३ वटा लघुबीमाका, १ वटा उत्पादन क्षेत्रको र १ वटा माइक्रो फाइनान्स कम्पनीहरू समावेश छन्।
समग्रमा, बोर्डले चालू आर्थिक वर्षमा २ अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ। हाल ४४ वटा कम्पनी आईपीओ निष्कासनका लागि अनुमतिको प्रतीक्षामा छन्। तीमध्ये अधिकांश ३५ वटा जलविद्युत् कम्पनीहरू रहेका छन्।