दिपेन्द्र अग्रवालमाथिको कारबाही सत्कर्म कि प्रतिशोध ?
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
794
Shares
काठमाडौँ । झुटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार आठ सय ६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकीलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानूनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को उजुरीका आधारमा अग्रवाललाई सीआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झुटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ । प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानूनी नाफा कमाएको आरोप लगाइएको छ ।
साथै उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ ।
यस घटनाले पुँजी बजार थप तरंगित बनेको छ भने लगानीकर्ताहरु दुई भागमा विभाजित पनि भएका छन् ।
लगानीकर्ताको एक समूहले यस कदमलाई बोर्डको स्वागतयोग्य कदमको रुपमा लिएका छन् साथै दोषी ठहर भएमा अग्रवाल माथि हुने कारबाहीले बजारमा जतिसुकै ठूलो एवम् शक्तिशाली व्यक्ति भए तापनि नियम भन्दा ठूलो कोही नरहेको सन्देश जाने तथा भविश्यमा कसैले यस्तो प्रयास नगर्नका लागि नजिर स्थापित हुने विश्वाश राखेका छन् ।
फेरि यही प्रकरणमा लगानीकर्ताका एक पक्ष भने षड्यन्त्र अनि बदलाको भावनाले अन्यायोचित आरोप लगाएको विश्वास राख्दछन् । दिपेन्द्र दोषी ठहर भएमा उनीमाथि कानून बमोजिम कारबाही हुनुपर्नेमा कसैको दुई मत छैन ।
यद्यपि हालसालै सन्तोष नारायण श्रेष्ठको कार्यकालमा अपरेट गरेको मानिने इसक्रिप्टहरुमाथि छानबिन नभई तीन वर्ष पुरानो जोशीको फाइल खुलाउनुले सन्तोष नारायण पानी माथिको ओभानो बन्न खोजेको स्पस्ट हुन्छ।
हालै दिपेन्द्र अग्रवालले लगानीकर्ताका हकहित एवम् बजार सुधारका लागि संचालन गरेको हिड काठमाडौँ अभियानको २८ बुँदे माग पूरा गराउने प्रयासमा श्रेष्ठ र अग्रवालबीच तनाव सृजना भयको कुरा जगजाहेर छ।
यही करणले नै अहिले श्रेष्ठले प्रतिशोधका लागि आफ्नो पदको दुरुपयोग गरेको अग्रवालका आफन्त एवम् अग्रवाल निकट लगानीकर्ताहरु बताउँछन् ।
हुनत दिपेन्द्र अग्रवाल मात्र हैन उनी जस्तै अरु नामचिन खेलाडी भनिने (गोपनियताको लागि नाम नराखिएको) अनि आफूलाई मार्केट मेकर भन्दै लगानीकर्ता सामु आफूलाई चिनाउने अनि इसक्रिप्टहरु यति र उति पुग्छ भन्दै सोसल मिडिया एवम ब्रोकर ब्रोकरमा प्रचार गर्ने व्यक्तिहरुमाथि कुनै कारबाही अनुसन्धान नहुनु एवम् जोशीको तुलनामा आश्चर्य एवम् तीव्र शंकास्पद ढङ्गले बढेका एनआरएन, एनआरआईसी, एसपीएल, एसपीसी, एसएचपीसी, डब्ल्युएनएलबी, आरएफपीएल जस्ता स्टोकमाथि कुनै छानबिन नहुनुले बोर्डको कुदृष्टिलाई थप उजागर गरेको देख्न सकिन्छ ।