arrow

एकाएक बसाइँसराइको बतास

एकाएक रोजगारीको नाममा हुम्लाका गाउँमा बसाइँ सराइ तीव्र, के हुनसक्छ असर ?

सीमापासका लागि नागरिकता, जग्गाधनी प्रमाणपत्र र मतदाता परिचयपत्र अनिवार्य हुँदा धेरैले हुम्लाबाटै मतदाता परिचयपत्र बनाउने गरेको खुलासा

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ असार ६ शुक्रबार
humla-basai-sarai.jpg

हुम्ला । देशका थुप्रै हिमाली गाउँहरू जनशून्य बन्दै गइरहेका बेला हुम्ला जिल्लामा भने एउटा फरक दृश्य देखिन थालेको छ शहरबाट गाउँ फर्किने । त्यो पनि रोजगारीको आशमा । 

चीनको ताक्लाकोट जाने नाममा हुम्ला भित्रिने र बसोबास सुरु गर्नेको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ । बझाङ, डोटी, दार्चुला, प्युठान, ओखलढुंगा, सिन्धुपाल्चोक, खोटाङ, सोलुखुम्बु लगायतका जिल्लाबाट सर्वसाधारण व्यक्तिहरू हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं  १ हेप्का  वडा नं  ३ खगालगाउँ,  वडा नं.  ५ मुचु सिमकोट गाउँपालिका ठेहे, दोजाम स्याडाजस्ता ठाउँमा जग्गा किनेर बसोबास गर्न थालेका छन् ।

मालपोत कार्यालय हुम्लाका अनुसार हालसम्म २५ जना जिल्ला बाहिरका व्यक्तिले गाउँघरमा जमिन खरिद गरिसकेका छन् । तीमध्ये केहीले नेपाली नागरिकता समेत हुम्लाबाटै लिएर विवाह दर्ता गरी जिल्ला निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्रसमेत बनाएका  छन् । १२ महिनाको अन्तरालमा २५ जना महिला मतदाता बाहिरका जिल्लाबाट आएर हुम्लाबाट परिचयपत्र बनाएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार सीमापासका लागि नागरिकता, जग्गाधनी प्रमाणपत्र र मतदाता परिचयपत्र अनिवार्य हुँदा धेरैले हुम्लाबाटै मतदाता परिचयपत्र बनाउने गरेका छन् । 

यसरी सीमापास लिई ताक्लाकोटमा होटल तथा दोहोरी साँझजस्ता कामका लागि जानेमा महिला तथा किशोरीको संख्या उल्लेख्य छ । 

चिन्ताको विषय के छ भने – उनीहरू सीमापार रोजगारीपछि फर्किएर हुम्लामा नै बस्ने कम र जिल्ला छाड्ने क्रम बढ्दो छ। 

यो बसाइँसराइ वैधानिक हो वा अवैधानिक भन्ने छुट्टै अध्ययनको विषय होला तर यसले हुम्लाको सामाजिक संरचना, भोटाधिकार अभ्यास र सीमावर्ती सुरक्षालाई गहिरो असर पुर्‍याउने संकेत दिन थालेको छ ।

नेपाल–चीनबीचको द्विपक्षीय सम्झौताअनुसार सीमावर्ती क्षेत्रका नागरिकले बिना राहदानी ३० किलोमिटरसम्म आउजाउ गर्न पाउने विशेष सुविधा पाएका छन् । 

सरकारद्वारा २०८१ सालमा जारी ‘चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र उपलब्ध गराउने कार्यविधि’ अनुसार हुम्लाका नागरिकलाई चीन प्रवेशमा सहजता दिइएको हो । 

स्थानियलाई दिएको सहुलियतको प्रयोग दुरुपयोगमा परिणत हुन थालेको देखिएको छ । 

रोजगारीको नाममा जिल्ला बाहिरबाट आएका व्यक्तिहरू हुम्लामा नागरिकता लिई बसोबास गर्न थालेका छन्। त्यसपछि सीमापास लिएर चीनको ताक्लाकोटतिर रोजगारीका लागि जाने क्रम बढ्दो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ