सांसद थापाले च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
436
Shares
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले संघीय संसदको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेर विरोध प्रदर्शन गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल भइरहेको थियो। यसै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा सांसद थापाले बजेट विनियोजनमा असन्तुष्टि जनाउँदै उक्त कार्य गरेका हुन्।
उनको यो कार्यलाई बजेट विनियोजनमा देखिएको असन्तुलन र आफ्नो क्षेत्र तथा जनताको मागलाई बेवास्ता गरिएको भन्दै गरिएको प्रतीकात्मक विरोधका रूपमा हेरिएको छ।