काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक प्रचण्ड काठमाडौँ बाहिर रहेकाले आजका लागि सारिएको हो ।