बुधबार बिहान बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक, ९ बजेदेखि शास्त्रीको अन्तिम श्रद्धाञ्जली
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
2.9k
Shares
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।
कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ । बैठक बिहान ८ः३० बजे बोलाइएको हो ।
कांग्रेसका पाका नेता ढुंडिराज शास्त्रीको सोमबार ९० वर्षको उमेरमा निधन भएको र बुधबार बिहान ९ बजेदेखि दुई घण्टा पार्टी मुख्यालयमा उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएसँगै शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमिति बैठक आधा घण्टा अगाडि बोलाइएको हो ।