दक्षिण -उत्तर कोरियाको सीमामा लाउडस्पिकर बन्द, प्रयास सम्बन्ध सुधारको
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
1.7k
Shares
काठमाडौँ । दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत गरिने प्रचार प्रसारण बन्द गरेको छ। सोलको रक्षा मन्त्रालयले बुधबार यसबारे जानकारी गराएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो कदम अन्तर–कोरियाली सम्बन्ध सुधार गर्ने र कोरियाली प्रायद्वीपमा शान्ति पुनर्स्थापित गर्ने राष्ट्रपति युन सुक–योलको प्रतिबद्धता पूरा गर्ने योजनाअन्तर्गत रहेको उल्लेख छ। मिडिया आउटलेटहरूका अनुसार बुधबार दिउँसोदेखि उत्तर कोरिया विरोधी लाउडस्पीकर प्रसारण निलम्बन गरिएको थियो।
मे १०, २०२२ मा पदभार ग्रहण गरेका राष्ट्रपति युन सुक–योलले आफ्नो अभियानका क्रममा लाउडस्पीकर प्रसारण बन्द गर्ने प्रतिबद्धता जनाएका थिए। गत वर्ष जुनमा उत्तर कोरियाले फोहोर र मलले भरिएका बेलुनहरू पठाएको बदलामा यो प्रसारण पुनः सुरु गरिएको थियो।