काठमाडौँ । ब्रजिलियन फुटबल स्टार नेयमारलाई कोरोना भाइरस लागेको छ । केही दिनदेखि ज्वरो र रुघाखोकीजस्ता लक्षणका कारण प्रशिक्षणमा अनुपस्थित उनलाई कोरोना भएको हो ।
उनी होम आइसोलेसनमा रहेका छन् । नेयमार बिहीबार र शुक्रबार प्रशिक्षण मैदानमा देखिएका थिएनन् । त्यसले गर्दा शंका झन् बढेको थियो। त्यसपछि चिकित्सक टोलीले कोरोना परीक्षण गराएको र कोरोना भएको पुष्टि भएको छ। अहिले उनी पूरै आराम गर्दै चिकित्सकको निगरानीमा छन् ।
यो खबरले उनकै नाममा र उनको फाउन्डेसनलाई सहयोगमा भिल्हा बेल्मिरो रंगशालामा आयोजना हुन लागेको च्यारिटी खेल अनिश्चित बनेको छ।
यसअघि नै नेयमार फोर्टालेजाविरुद्धको महत्त्वपूर्ण खेलमा निलम्बित भइसकेका थिए ।